Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

६५.४९ अंकले बढ्यो शेयर बजार, ८ अर्ब ५९ करोडभन्दा बढीको कारोबार

६५.४९ अंकले बढ्यो शेयर बजार, ८ अर्ब ५९ करोडभन्दा बढीको कारोबार

काठमाडौं, २० माघ । मंगलवार शेयर बजार ६५ दशमलव ४९ अंक बढेको छ । उक्त अंकले बढेर नेप्से परिसूचक २ हजार ४७३ दशमलव ७३ विन्दुमा पुगेको छ ।
मंगलवार ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार बराबरको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर कारोबार भएको छ । यस दिन निर्जीवन बीमा समूह बढेको छ । यस समूहको परिसूचक ५ दशमलव शून्य ४ प्रतिशतले बढेको हो । यस्तै होटल समूहको २ दशमलव ८५ प्रतिशतले घटेको छ ।
मंगलवार बैंकिङको १ दशमलव ९९ प्रतिशत, व्यापारिकको १ दशमलव १२ प्रतिशत, विकास बैंकको १ दशमलव १४ प्रतिशत, जलविद्युत्को १ दशमलव ८२ प्रतिशत, वित्तको शून्य दशमलव १३ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य १ प्रतिशत, लघुवित्तको ३ दशमलव ८ प्रतिशत, जीवन बीमाको ३ दशमलव ३५ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत र अन्यको ४ दशमलव शून्य ७ प्रतिशतले परिसूचक बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x