Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बूढीगण्डकी आयोजनाका लागि करिब ४० अर्ब संकलन, निर्माण अघि बढाइने

बूढीगण्डकी आयोजनाका लागि करिब ४० अर्ब संकलन, निर्माण अघि बढाइने

काठमाडौं, २१ माघ । बहुप्रतीक्षित बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण अघि बढाइने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलवार आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफलमा मन्त्री टोपबहादुर रायमाझीले उक्त उद्घोष गरेका हुन् ।

१ हजार २०० मेगावाटको उक्त आयोजना निर्माणका लागि करीब ४० अर्ब संकलन भइसकेको बताइएको छ । यस्तै आयोजना निर्माणका लागि अधिग्रहण गरेको घरजग्गाबापत सरकारले ३४ अर्ब प्रभावित क्षेत्रका नागरिकलाई वितरण गरिसकेको छ ।

आफूले अघिल्लो पटक ऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको हुँदा अब छिट्टै शिलान्यास गरी निर्माण अघि बढाइने मन्त्री रायमाझीको भनाइ छ । तत्कालीन समयमा आफू पटक–पटक निर्माणस्थलमै गएर विभिन्न समस्या तथा चुनौती हटाउने कार्यमा जुटेको भए पनि छोटो समयमै सरकार ढलेकाले निर्माण कार्य अघि बढ्न नसकेको उनले बताए ।

विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मुलुक अब विद्युत् विक्री गर्ने अवस्थामा पुगेको मन्त्री रायमाझीले बताए ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले घरजग्गाको ह्रासकट्टी र लाभ कर लिँदा स्थानीयवासीले उल्टै रकम बुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी र लाभकर बिना जग्गाको मुआब्जा दिनुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x