सुनको भाउमा निरन्तर पहिरो: दुई दिनमै १३ हजार ६०० ले सस्तो
काठमाडाैं, १० कार्तिक । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ । आइतबार ठूलो मात्रा अर्थात् तोलामा ११ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य साेमबार थप २ हजार रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा झरेको छ । आइतबारसम्म उक्त मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।
लगातार दुई दिनको यो गिरावटसँगै सुनको मूल्य दुई दिनमै जम्मा १३ हजार ६०० रुपैयाँले घटेको छ, जसले बजारमा व्यापक चासो पैदा गरेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । हिजो तोलाको ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको २ हजार ५५५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



