Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सुनचाँदी ब्यवसायलाई ब्यवस्थित गर्न सरकारले सहयोग गर्ने

सुनचाँदी ब्यवसायलाई ब्यवस्थित गर्न सरकारले सहयोग गर्ने

काठमाडौं, २२ माघ । सुनचाँदी ब्यवसायलाई थप ब्यवस्थित र प्रभावकारी वनाउन सरकारले सहयोग गर्ने भएको छ । सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत ब्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायतका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता सरकारले जनाएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलसँगको भेटका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले ब्यवसायीले उठाएका नीति निर्माण, कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था, तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायतका बिषयलाई आवश्यक सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले ब्यवसायीको माग अनुरुप सुनको आपूर्तिमा लागु हुँदै आएको कोटा सिघ्र वृद्धिगर्ने र ब्यवसायीको माग अनुसार मोफसलका जिल्लाहरुवाट हुने सुनको वितरणलाई नेपाल राष्ट्र बैंकसँगको समेत सहकार्यमा थप ब्यवस्थित र प्रभावकारी वनाउने प्रतिवद्धता जनाए ।

त्यस्तै महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताको लगानीको सुरक्षा, पारदर्शी मूल्य र तौल एवं शुद्ध र गुणस्तरीय सुनचाँदीका गरगहनाको उपलब्धता आफूहरुको पहिलो प्राथमिकतामा रहेको जानकारी गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x