कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन खुला
काठमाडौं, २२ माघ । कामना सेवा विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आजदेखि आवेदन खुला भएको छ । बैंकले ९ प्रतिशत व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको हो ।
ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिने छ । १० लाख कित्तामध्ये ६ लाख कित्ता व्याक्तिगत तबरबाट विक्री गरिने छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिने जनाइएको छ। सामुहिक लगानी कोषका लागि बाँडफाँट गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागि निष्कासन गरिने बैंकले जनाएको छ ।
ऋणपत्रमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ६ गते बन्द हुने छ ।