Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तीन गुणाभन्दा धेरैले बढ्यो भटमास तेलको निर्यात, समग्र निकासीको २८ प्रतिशत हिस्सा

तीन गुणाभन्दा धेरैले बढ्यो भटमास तेलको निर्यात, समग्र निकासीको २८ प्रतिशत हिस्सा

काठमाडौं, २४ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भटमासको तेलको निर्यात ३ गुणाभन्दा धेरै बढेको छ । व्यापार तथा निकासी केन्द्रको तथ्यांक अनुसार गत आवको पुस मसान्तसम्ममा नेपालबाट ४ अर्ब ३८ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको थियो । चालू आवको यसै अवधिमा रू. १७ अर्ब ३ करोड रुपैयाँ बराबरको निकासी भएको छ ।

केन्द्रका अनुसार चालू आवको साउनदेखि पुससम्ममा नेपालबाट ६० अर्ब ८० करोड रुपैयाँ निकासी भएको छ । उक्त तथ्यांकका आधारमा समग्र निर्यातमध्ये भटमासको तेलको हिस्सा २८ दशमलव २ प्रतिशत रहेको देखिन्छ । यससँगै नेपालबाट निर्यात भएको वस्तुको पहिलो स्थान भटमासको तेलले लिएको छ ।

भन्सार विभागका अनुसार सो अवधिमा ११ करोड ५६ लाख ४४ हजार ७ सय ७६ केजी भटमासको तेल निर्यात भएको छ । यो सबै तेल भारतमा निर्यात भएको हो ।

गत मंसिरसम्ममा १३ अर्ब ५० करोडको भटमासको तेल निर्यात भएको थियो । सोअनुसार पुसमा मात्र झन्डै ४ अर्बको सोयाबिन तेल निर्यात भएको देखिन्छ ।

गत आवको अर्धवार्षिक अवधिमा मुलुकबाट रू. १३ अर्ब ८९ करोडको पाम तेल निर्यात भएको थियो । सो अवधिमा निर्यातको शीर्ष स्थानमा रहेको पाम आयल भारतले निकासीमा प्रतिबन्ध लगाएपछि ह्वात्तै घटेर चालू आवको पुस मसान्तसम्ममा रू. ४ लाखको मात्रै निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x