Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिर्सिया सुक्खा बन्दरगाह : भन्सार यार्डमै थन्किए २ हजारभन्दा बढी कन्टेनर

सिर्सिया सुक्खा बन्दरगाह : भन्सार यार्डमै थन्किए २ हजारभन्दा बढी कन्टेनर

वीरगञ्ज, २४ माघ । अन्तर्राष्ट्रिय नाकाका रूपमा रहेको मुलुककै पहिलो सिर्सिया सुक्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा भन्सार यार्डमा ठाउँ अभाव भएकरो छ । हाल दुई हजार ६३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ । तीमध्ये कतिपय कन्टेनर खाली अवस्थामा रहेको बताइएको छ ।

वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको मुलुकको बन्दरगाहमा कोरोना संक्रमणकाल देखि नै कन्टेनर थन्किएको अवस्थामा रहेको सो कार्यालयले बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार लकडाउनको समयमा तेस्रो मुलुकबाट सामान लिएर कलकता बन्दरगाह हुँदै रेलमार्गबाट आएका कन्टेनर जाँचपासको अभावमा बाहिरिन नसक्दा त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको शाखा अधिकृत तर्कराज जोशीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

अहिले भन्सार यार्डमा थन्किएर रहेका दुई हजार ६३९ कन्टेनरमध्ये केही कन्टेनर बाहिरिने प्रक्रियामा रहेका छन् भने अन्य कन्टेनर भन्सार जाँचपास नहुँदा बाहिरिन सकेका छैनन् । एउटा रेलमा ९० कन्टेनर हुने गरेको र अहिले दैनिक तीन रेल आउने गरेका छन् । पुरानो थन्किए रहेका कन्टेनर बाहिर निस्कन नसक्दा यसको प्रभाव भन्सार यार्डमा परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x