Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुन र चाँदीकै मूल्य बढ्यो

सुन र चाँदीकै मूल्य बढ्यो

काठमाडौं, २५ माघ । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । साताको पहिलो कारोबार दिन प्रतितोला ६०० रुपैयाँ सुनको मूल्य बेढको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाला सुन तोलाको ९० हजार ६०० रुपैयाँ र तेजावी सुन ९० हजार १५० रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा करोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ, तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ र चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x