सन्राइज बैंकको डेपुटी सीईओमा राणा
काठमाडौं, २६ माघ । सन्राइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । सञ्चालक समितिको बैठकले उनलाई डेपुटी जनरल म्यानेजरबाट डेपुटी सीईओमा बढुवा गरेको हो ।
उनीसँग बैंकिङ क्षेत्रमा दुई दशकको अनुभव छ ।