अन्डामा अत्मनिर्भर बन्दै नेपाल, बार्षिक ९१ करोड गोटा अन्डा उत्पादन

युवराज पन्त

काठमाडौं, २७ फागुन । पछिल्लो समय नेपाल अन्डामा आत्मनिर्भर हुदै गएको छ । नेपाल अण्डा उत्पादक संघका अनुसार नेपालमा बार्षिक ९० करोड गोटा भन्दा बढी अन्डा उत्पादन हुने गरेको छ भने माग पनि सोही अनुपातमा रहेको छ ।

नेपालको पनि चितवन जिल्लामा सबै भन्दा बढी अन्डा उत्पादन हुने गरेको छ। संघका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार चितवनमा कुल उत्पादनको करिब ६० प्रतिशत अण्डा उत्पादन हुने गरेको छ । त्यस्तै हेटौडा, मकवानपुर, विराटनगर, नुवाकोट, काभ्रे लगायतका थुप्रै जिल्लाहरुमा अन्डा उत्पादन हुनेगरेकाे छ भने अण्डा उत्पादनको लागि लेयर्स जातको कुखुरा पालन गरिदै आएको बताए । उनका अनुसार करिव ३ हजार ५ सय किसानले लेयर्स जातका कुखुरा पालेका छन् ।

त्यस्तै यस ब्यवसायमा करिब १ लाख २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन भने १ लाख ७६ हजारको हाराहारीमा अप्रत्यक्ष संलग्न रछन् । नीजि क्षेत्रले पोल्ट्री ब्यवसायमा करिब ८० अर्व भन्दा बढीको लगानी गरिरहेको कँडेलले जानकारी दिए । अण्डाको बजार मुल्य प्रतिगोटा १२ रुपैंया रहेको र फर्ममा प्रतिगोटा ८ रुपैया ५० पैसामा किनबेच भइरहेको अध्यक्ष कडेलले जानकारी दिए । पछिल्लो समय सरकारले अण्डा आयातमा रोक लागाएको छ । लुकिछिपी फाट्फुट्ट आएतापनि नेपाल विस्तारै आत्मनिर्भर हुदैं भएको कँडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *