Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा ३१.०४ अंकको गिरावट, कारोबार ३२ करोडमा सिमित

सेयर बजारमा ३१.०४ अंकको गिरावट, कारोबार ३२ करोडमा सिमित

काठमाडौं, २७ फागुन । आइतबार सेयर बजार ३१.०४ अंकले घटेर १२८४.०९ को बिन्दुमा झरेको छ । पछिल्लो समय निरन्तर घटेको बजार गएको मंगलबार र बुद्यबार केही उकालो लागेपनि पुन घट्न थालेको हो ।

आज कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक ओरालो लागेको छ । सो दिन १ सय ६० वटा कम्पनीको ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै हाइड्रोपावरको उपसूचक ४.०१ प्रतिशतले गिरावट आएको छ।

बजार तल झरिरहेकै वेलामा व्याजदरको विवाद वाहिर आएको र ब्याजदर बढ्ने आशंकाले सेयर बजार घटेको विश्लेषकहरुले बताएका छन् । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ५२ लाख रुपैयाँको करोबार भएको छ। त्यस्तै सबै भन्दा धेरै सानिमा इक्विटी फण्डका शेयर धनीले २.९८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.३८ प्रतिशतले गुमाएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x