Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

नेप्सेका दुई वेवसाइटमा फरक–फरक डाटा, कुन विश्वास गर्ने ?

नेप्सेका दुई वेवसाइटमा फरक–फरक डाटा, कुन विश्वास गर्ने ?

काठमाडौं, २७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएका दुई वटा वेवसाईटमा एउटै डाटा फरक–फरक देखिएको छ । बजार बन्द हुँदा दुवै वेवसाइटमा एकै डाटा देखिनु पर्नेमा नेप्सेको पुरानो र नयाँ वेवसाइटमा फरक–फरक डाटा देखिएको हो ।

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्सेको पुरानो वेवसाइटमा परिसूचक २९.०१ अंकले घटेर २४३२.४६ बिन्दुमा बन्द भएको देखाएको छ । तर, उक्त डाटा नयाँ वेवसाइटमा भने फरक देखिएको हो । नयाँ वेवसाइटमा नेप्से परिसूचक आज २७.३६ अंक घटेर २४३४.१२ विन्दुमा रोकिएको देखाएको छ । एकै किसिमको डाटा नदेखिदा दुविधा सृजना भएको छ ।

मंगलबार कारोबारको सुरवातदेखि नै शेयर बजारले उच्च बिक्रीचाप झेलेको थियो । मंगलबार टिएमएस र नेप्सेको म्याचिङ्ग इन्जिनबीच सम्पर्क स्थापित हुँदा आधा घण्टा बढी शेयर कारोबार ठप्प भएपछि नेप्सेले ३ बजेपछि ३५ मिनेट शेयर कारोबार समय थप गरेको थियो ।

आज १९४ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर ७१ हजार ११२ पटक खरीद बिक्री हुादा कारोबार रकम ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँ पुगेको छ । यो रकम सोमबारको तुलनामा २ अर्ब ४७ करोड रुपैयाँ कम हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x