Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

काठमाडौं, २७ माघ । नेपाल उद्योग परिसंघले उद्योगहरूलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न आग्रह गरेको छ । परिसंघका पदाधिकारीले मंगलवार मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरबारमा भेट गरी उत्पादनमूलक उद्योगहरुको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमै रोजगारी सृजना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिएका हुन् ।

भेटमा परिसंघका अध्यक्ष सतीशकुमार मोरले नेपालको युवाशक्तिहरु विदेशमा गएर रोजगारी गर्नु पर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमै अवसर प्रदान गर्नको लागि दीर्घकालिन लक्ष्यहरु तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

परिसंघको अनुसन्धान इकाईले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सृजनाका सम्बन्धमा छलफल भएको थियो । छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो ।

मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीबाट उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सृजना गर्न सक्ने बताए । हाल सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकोले यसतर्फ निजी क्षेत्रको ध्यान जानु पर्ने विचार उनले व्यक्त गरे ।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोयानारायण ज्ञवाली र परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल र उपाध्यक्ष अनुज अगरवालको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x