Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षा : बजेटको आकार घट्यो

चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षा : बजेटको आकार घट्यो

काठमाडौं, २७ माघ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरिएको जानकारी दिए । यो रकम कुल विनियोजनको करिव ९१.१९ प्रतिशत हो ।

यो अनुमान गर्दा प्रतिनिधि सभा सदस्य निर्वाचन खर्च, कोभिड–१९ विरूद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्वसहमति दिइएका ठूला आयोजनाको सभ्‍भावित दायित्वलाई मध्यनजर राखिएको मन्त्री पौडेलले जानकारी दिए । चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपियाँ (विनियोजित बजेटको ९६.४० प्रतिशत), पूँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड रुपियाँ (विनियोजित बजेटको ८०.२० प्रतिशत० र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रुपियाँ (विनियोजित बजेटको ८५ प्रतिशत) हुने अनुमान छ ।

चालु वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १० खर्ब ७४ अर्ब ६८ करोड रुपियाँ, वैदेशिक अनुदानतर्फ ३५ अर्ब रुपियाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब रुपियाँ खर्च हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा राजस्वको लक्ष्य अनुमान गर्दा हालको राजस्व संकलन अवस्था र विगतको प्रवृतिलाई आधार बनाइएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x