बैंक अफ काठमाण्डूको क्रेडिट कार्ड बाहक ग्राहकलाई गहन खरिदका लागि इएमआई सुविधा
काठमाडौं, २९ माघ । बैंक अफ काठमाण्डूले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई भ्यालेन्टाइन डेको अवसरमा गरगहना खरिदको लागि ईएमआई सुबिधा ल्याएको छ । भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ ।
यसै अवसरलाई मध्यनजर गर्दै बैंकले श्री बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकहरुलाई गरगहना खरिदको लागि इएमआई सुबिधा ल्याएको जनाएको छ।
यो सुबिधामा ग्राहकहरुले ४० हजार देखी ५ लाख रुपैयाँसम्मको गरगहना खरिद गर्न सक्ने छन् । साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्ने र १२ महिनाको भुक्तानी अवधिमा २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ।