Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

नेपाल इन्फ्राइस्टक्चर बैंकको आईपीओ आज नेप्सेमा सूचिकरण हुने

नेपाल इन्फ्राइस्टक्चर बैंकको आईपीओ आज नेप्सेमा सूचिकरण हुने

काठमाडौं, २९ माघ । नेपाल इन्फ्राइस्टक्चर बैंकले जारी गरेको ८ करोड कित्ता शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकरण हुने भएको छ । आज सूचिकरण भई उक्त शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउँने नेप्सेले जनाएको छ ।

नेपाल इन्फ्राइस्टक्चर बैंकले फागुन २ गतेदेखि ६ गतेसम्म ८ करोड कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियो ।

गत १६ गते ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट गरिएको छ । ६० देखि २ लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप दश कित्ताका दरले ४ लाख ९२ हजार ७२ जनालाई शेयर बाँडफाँट गरिएको छ ।

हाल बैंकको चुक्तापूँजी २० अर्ब रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x