Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय जनगणना २०७८ को लागि प्रशिक्षण सहजकर्ता तालिम सुरू

राष्ट्रिय जनगणना २०७८ को लागि प्रशिक्षण सहजकर्ता तालिम सुरू

काठमाडौं, २ फागुन । केन्द्रीय तथ्यांक विभागले पहिलो चरणमा राष्ट्रिय प्रशिक्षण सहजकर्ता तालिम सुरु गरेको छ । राष्ट्रिय जनगणना २०७८ को लागि आवश्यक पर्ने सुपरिवेक्षक र गणकलाई प्रशिक्षण दिन विभागले केन्द्रीय स्तरमा ७२ जना राष्ट्रिय योजना आयोगअन्तर्गतका कर्मचारीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो । प्रशिक्षण तीन चरणमा दिने योजना बनाएको छ ।
पहिलो चरणको उक्त प्रशिक्षण फागुन २ गतेदेखि फागुन ८ गतेसम्म र फागुन १९ गतेदेखि २५ गतेसम्म प्रदेश÷जिल्ला जनगणना अधिकारी र सहायक जनगणना अधिकारीलाई तालिम दिइने बताइएको छ ।
त्यस्तै दोस्रो चरणमा प्रदेशस्तरीय मुख्य प्रशिक्षक र स्थानीय जनगणना अधिकारीहरुलाई तालिम दिइनेछ । प्रदेशस्तरीय उक्त तालिम चैत ९ गतेदेखि १५ गतेसम्म र चैत १९ देखि २५ गतेसम्म सञ्चालन हुने छ । त्यस्तै तेस्रो चरणमा सुपरिवेक्षक र गणकहरुलाई तालिम दिने योजना रहेको छ । सुपरिवेक्षकलाई जिल्ला स्तरमा २०७८ वैशाख १६ गतेदेखि २२ गतेसम्म तालिम दिइनेछ भने गणकलाई स्थानीयस्तरमा नै जेठ १७ गतेदेखि २२ गतेसम्म तालिम दिइनेछ ।
विभागले जनगणनाको स्थलगत तथ्यांक संकलन गर्न करिव ३९ हजार गणक र ९ हजार सुपरिवेक्षक खटाउनका लागि आवेदन खुल्ला गरिसकेको छ । विभागले केन्द्रदेखि स्थानीयस्तरसम्म सञ्चालन हुने तालिममा दक्ष स्रोतव्यक्ति÷प्रशिक्षकहरु उपलब्ध गरापउने लक्ष्य लिएको छ । तालिमलाई सहजीकरपण गर्न केन्द्रमा २८० जना र प्रदेशमा १५५० गरी जम्मा १८३० जना प्रशिक्षकहरु तयार गर्ने योजना छ ।
आगामी वैशाखदेखि असारसम्म हुन लागेको राष्ट्रिय जनगणना संघीयता लागुभएपश्चात्को पहिलो जनगणना हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x