Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

विकास बजेट कार्यान्वयनमा सकस

विकास बजेट कार्यान्वयनमा सकस

काठमाडौं, ३ फागुन । विगतका वर्षमा जस्तै चालू आर्थिक वर्षमा पनि सरकारको विकास लक्षित पूँजीगत बजेटकोे कार्यान्वयन सुस्त देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामा १४.१ प्रतिशत मात्र पूँजीगत खर्च भएकोमा त्यसपछिको एक महिनामा करिब ४ प्रतिशत मात्र खर्च बढेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिना बितिसक्दा अर्थात् फागुन २ गतेसम्ममा पूँजीगत बजेटको १८ प्रतिशतमात्र खर्च भएको छ ।

चालू आवमा सरकारले पूँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९१ करोड विनियोजन गरेको छ, जसमध्ये आइतवारसम्ममा ६३ अर्ब ४ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा चालू खर्च भने एक महिनामै ७ प्रतिशतले बढेको छ । गत पुस मसान्तसम्ममा चालू खर्च ३५.८४ प्रतिशत रहेकोमा फागुन २ सम्ममा बढेर ४३ प्रतिशत पुगेको छ । सोमवारसम्ममा चालू खर्च ४ खर्ब ६८ करोड खर्च भएको छ । चालू आवमा चालूतर्फको बजेट ९ खर्ब ४८ अर्ब ९४ करोड रहेको छ ।

लक्ष्यअनुसार बजेट कार्यान्वयनमा प्रगति हुन नसकेपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार खुम्च्याएको छ । अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाउँदै अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा पूर्वनिधारित बजेटको ९१ प्रतिशत मात्रै खर्च गरिने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x