आगामी वर्ष दोहोरो अंकको आर्थिक वृद्धि हासिल हुने प्रधानमन्त्रीको दाबी
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष दोहोरो अंकको आर्थिक वृद्धि हासिल हुने दाबी गरेका छन् । आज सरकारको तीन वर्षको प्रगती सार्वजनिक गर्दै उनले आगामी आर्थिक वर्ष पन्ध्रै योजनाले प्रक्षेपण गरे अनुरुप १० प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरेका हुन ।
कोरोनाको असर घट्दै जादा अर्थतन्त्र विस्तारै पुरानै लयमा फर्कदै गएको उनले बताए ।
गएको तीन वर्षको औसत आर्थिक वृद्धि साढे पाँच प्रतिशत रहेको भन्दै प्रधानमन्त्री ओलीले कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थान भई पुनः उच्च अंकको आर्थिक बृद्धि हाँसिल गर्ने गरि चलायमान भइसकेको बताए ।
आफूले सरकारको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्र ध्वस्त अवस्थामा रहेको भएपनि एक वर्षमै लयमा फर्काउन सफल भएको पनि उनको भनाई छ ।