Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ५ फागुन । महिला लघुवित्त वित्तीय संस्थाद्वारा जारी गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । गत माघ ३० गतेदेखि कम्पनीले जारी गरेको ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता आईपीओमा आज बैंकिङ्ग समयभित्र आवेदन दिन सकिने छ ।

हालसम्म १४ लाखभन्दा बढीले आवेदन दिइसकेका छन् । कुल शेयरमध्ये जारी पूँजीको ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x