महालक्ष्मी लाईफको संचालक समिति अध्यक्षमा शर्मा

काठमाडौं, ५ फागुन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा मनोरञ्जन रमण शर्मा मनोनित भएका छन् । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो ।

साधारणसभा सम्पन्न भए लगतै बसेको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो ।

अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नव नियुक्त अध्यक्ष शर्मालाई बीमा समितिका अध्यक्ष श्री सुर्य प्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *