साना किसान विकास बैंक १७ औ वर्षमा

काठमाडौं, २८ फागुन । साना किसान विकास बैंक लिमिटेडले स्थापनाको १७ औं वर्षमा प्रवेश गरेको छ। बैंकले हिजो राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको हो ।

स्थापनाको यस अवधीमा बैंकको कुल सम्पनी १७ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

यस अवधीमा बैंकले ६९ जिल्लामा ७ लाख भन्दा बढी घर परिवारलाई विभिन्न सहकारी मार्फत वित्तिय सेवा दिदै आएको छ । निकट भविष्यमै १० लाख साना किसान घरपरिवारहरुलाई पूँजी र प्रविधि पुर्याई आयआर्जन बृद्धि गर्ने लक्ष्य लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *