Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बिहीवार पनि घट्यो सुनचाँदीको भाउ

बिहीवार पनि घट्यो सुनचाँदीको भाउ

काठमाडौं, ६ फागुन । केही दिनयता घट्दै आएको सुनचाँदीको मूल्यले बिहीवार पनि सोही क्रम पछ्याएको छ । यस दिन नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । बुधवार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रहेकोमा बिहीवार ६ सयले घटेर ८९ हजार २०० रुपैयाँमा आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस दिन छापावाल सुनको मूल्य पनि अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँले नै घटेको छ । बुधवार प्रतितोल ८९ हजार ३५० रहेको छापावाल सुनको मूल्य आज घटेर ८८ हजार ७५० रुपैयाँमा आएको हो ।

बुधवारको तुलनामा बिहीवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला चाँदीको मूल्य १३ सय ४० रहेकोमा आज १३ सय ३५ रुपैयाँ कामय भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x