कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, ६ फागुन । कामना सेवा विकास बैंकले जारी गरेको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने छ । बैंकले आज बैंकिङ्ग समयपश्चात् आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन फारम नलिन निर्देशन दिएको छ ।
बैंकले छिटोमा माघ २६ गतेसम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भएपनि प्रयाप्त आवेदन नपरेपछि आज बैंकिङ्ग समयसम्म समय थप गरेको थियो ।
बैंकले ९ प्रतिशत व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन सकिने छ ।