धेरै करले महंगो भयो इन्टरनेट
काठमाडौं, ६ फागुन । सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा इन्टरनेट महंगो हुन पुगेको गुनासो सरोकारवालाले गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण ः मुद्दा र चुनौतिहरु बिषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले नेपालमा इन्टरनेटमा लगाइने कर अत्याधिक भएको गुनासो गरेका हुन् । सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाउँदा यो सर्वसुलभ हुन नसकेको उनीहरुको गुनासो छ ।
कार्यक्रममा बोल्दै इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले सरकारले अन्य अत्यावश्यक वस्तुमा कर नलगाएको भए पनि इन्टरनेटमा भने कर लगाउनु विडम्बना भएको टिप्पणी गरे । ‘अरु अत्यावश्यक सेवामा कर नलाग्ने तर इन्टरनेटमा लाग्ने किन ?,’ उनले भने,‘सरकार इन्टरनेटमा कर थोपरेर महंगो बनाउन उद्यत छ ।’इन्टरनेट वितरणको लागि पूर्वाधार सहप्रयोग नहुदा पनि इन्टरनेटको लागत महंगिएको उनले बताए । इन्टरनेट सेवा प्रदायकहरुले पूर्वाधार कम्पनी खोलेर पूर्वाधारको सहप्रयोग गर्छौ भन्दा पनि सरकारले नमानेको गुनासो उनले गरे । ‘सरकारले के चाहेको हो ? हामी अलमलमा छौं,’ उनले भने ।
नेपालमा इन्टरनेट महंगो हुनुको कारण र सेवा प्रदायकको भोगेको समस्याबारे प्रस्तुति दिंदै इन्टरनेट सेवा प्रदायक संघका पूर्व अध्यक्ष एवम् भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक बिनय बोहराले नेपालमा इन्टरनेटको कर अत्याधिक भएको तथ्य प्रस्तुत गरे । ‘इन्टरनेट सेवा नेपालमा धेरै कर थोपरिएको क्षेत्रमा पर्छ,’ उनले भने,‘विभिन्न शिर्षकमा सेवा प्रदायकले ५० प्रतिशत भन्दा बढी कर तिर्नुपर्ने हुन्छ ।’
सरकारले लिने कर र नेपाल विद्युत् प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा लाग्ने भाडा शुल्कले पनि इन्टरनेट महंगिएको उनले बताए । ‘पहिला २ सय ५० रुपैया“ तिर्नुपर्ने भाडा अहिले ७ हजार रुपैया“ पुगेको छ,’ उनले भने,‘इन्टरनेट सेवामा यति धेरै कर र भाडा दर लगाउन उपयुक्त हुन्न ।’
प्राधिकरणले आप्mनो पोल र ओपीजीडब्लु केवलको भाडा दर बढाउ“दा ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारमा समस्या भएको उनले बताए । कोभिड–१९ को महामारीको बेलामा इन्टरनेट अत्यावश्यक सेवा भएको चेत धेरैलाई भए पनि महामारीको प्रभाव कम भएस“गै इन्टरनेट सेवा निरन्तरता दिने ग्राहक घट्न थालेको उनको दाबी थियो ।
‘इन्टरनेट अत्यावश्यक सेवा भए पनि नेपालमा महंगो भएकाले यो सबैको पहु“चमा पुग्न नसकेको दृष्टान्त हो यो,’ उनले भने,‘इन्टरनेटको कर घटाएर र भाडा दर कम गरी यसलाई सबैको पहु“चमा पुग्न सक्ने बनाउनुपर्छ ।’