Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेलम्ची आयोजनाको सुरुङ आजदेखि पुनः परीक्षण गरिँदै

मेलम्ची आयोजनाको सुरुङ आजदेखि पुनः परीक्षण गरिँदै

काठमाडौं, १० फागुन । मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङको आज (सोमवार) देखि पुनः परीक्षण गरिँदै छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । यसअघि आठ महिनाअघि सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण थालिएकोमा दुर्घटना भएपछि काम रोकिएको थियो ।

गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यको भनाइ छ । सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ । सुरुङको परीक्षण सफल भएपछि नै नियमित रुपमा मेलम्चीको पानी आउने प्रवक्ता शाक्यले बताए ।

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने बताइएको छ । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्यांकीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x