इन्भेष्टमेन्ट बैंकको ऋणपत्र बाँडफाँड गरियो
काठमाडौं, १० फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले हिजो उक्त ऋणपत्र बाँडफाँड गरेको हो ।
बैंकले साढे ८ प्रतिशत व्याजदरको ऋणपत्र गत माघ १६ गतेदेखि फागुन २ बिक्री खुला गरेको थियो । ऋणपत्र २०८४ सालमा परिपक्व हुने छ । बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।
२ अर्ब ४० करोड रुपैयाँ बराबरको ब्यक्तिगत तवरबाट र ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि व्यवस्था गरेको थियो ।