Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेलम्ची खानेपानीको सुरुङको आजदेखि परीक्षण

मेलम्ची खानेपानीको सुरुङको आजदेखि परीक्षण

काठमाडौं, १० फागुन । मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने छ ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोग अन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यो पटक विशेष सतर्कता अपनाएको जनाइएको छ। सम्भावित दुर्घटनलाई मध्यनजर गर्दै हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x