Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

धरहरा निर्माणको ९० प्रतिशत काम सकियो

धरहरा निर्माणको ९० प्रतिशत काम सकियो

काठमाडौं, १० फागुन । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको ९० प्रतिशत काम सकिएको छ । २२ तलाको नयाँ धरहराको २१ औं तला ढलान सकिएको छ । अब एक तला मात्र ढलान हुन बाँकी छ । सरकारले दुई वर्षमा निर्माण सम्पन्न हुने गरी २०७५ मा जीआइइटीसी रमन जेभीसँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार गत असोज २० मै धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने हो । तर, कोरोना महामारीका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको छ ।

३ अर्ब ४५ करोड रूपैयाँमा रमन जेभीले धरहरा बनाउने ठेक्का पाएको हो । नयाँ बन्ने धरहारमा एउटा भ¥याङ र दुई वटा लिफ्ट हुनेछन् । वरपर ४२ रोपनीको क्षेत्रफल ओगट्ने पार्क हुनेछ । दुईतला अन्डरबेसमेन्ट अत्याधुनिक पार्किङस्थल समेत रहने आयोजना प्रबन्धक श्याम श्रेष्ठले जानकारी दिए । छ। नयाँ धरहराको शिरमा भने पुरानै धरहराको गजुर रहनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x