Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मर्जरका लागि पार्टनर खोज्दै सनराइज बैंक, सीईओ भन्छन् : मर्जरको अवसर आए पूर्णता दिन्छु

मर्जरका लागि पार्टनर खोज्दै सनराइज बैंक, सीईओ भन्छन् : मर्जरको अवसर आए पूर्णता दिन्छु

काठमाडौं, १० फागुन । सनराइज बैंकले पनि मर्जरका लागि साझेदार खोज्न थालेको छ । नेपाल राष्ट्र बैंकको नीति अनुरूप बैंकले मर्जरका लागि पार्टनरको खोजी गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उपयुक्त पार्टनर पाएको अवस्थामा मर्जर र प्राप्तिको बाटो खुला रहेको बताए । मर्जर र प्राप्तिले बैंकको प्रतिस्पर्धी क्षमता अझ बढ्ने उनको विश्वास छ ।

‘हाम्रो बोर्ड र सहकर्मीहरूमा पनि मर्जरको अनुभव छ,’ अर्थको अर्थसँगको कुराकानीका क्रममा उनले भने, ‘त्यसले गर्दा राम्रो पार्टनर पाउँदा मर्जर गरेर अघि बढाउन हामी तयार छौं, त्यस्तो अवसर आएरमा म त्यसलाई पूर्णता दिन प्रतिबद्ध छु ।’

भखरै मात्र सीईओमा नियुक्त भएका उनले मर्जरले जिम्मेवारी खोसिएला कि भन्ने खासै चिन्ता नभएको बताए । ‘मर्ज हुँदा दुईमध्ये एक मात्र सिईओ हुन्छ । तर त्यसलाई मैले खासै महत्व दिएको छैन । म मर्जरमा प्रतिवद्ध छु । ’

एक अर्को प्रसंगमा उनले आफ्नो कार्यकालमा बैंकलाई थप अब्बल बनाउने प्रतिबद्धता पनि जनाए । बैंकका सबै सूचकहरूलाई थप सबल र मजबुत बनाउँदै प्रतिस्पर्धी बजारमा खरो रूपमा उत्रने उनको भनाइ छ ।
यस बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै निक्षेप संकलन ९२ अर्ब ४० करोड रुपैयाँ छ भने ८६ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x