Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दैजी छेला औद्योगिक क्षेत्र : निर्माण लागत ९ अर्ब, ११७ उद्योग स्थापना हुने

दैजी छेला औद्योगिक क्षेत्र : निर्माण लागत ९ अर्ब, ११७ उद्योग स्थापना हुने

कञ्चनपुर, १० फागुन । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा प्रस्तावित कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र ९ अर्ब लागतमा निर्माण हुने भएको छ । त्यतिबेला प्रस्ताव गरिए पनि वनक्षेत्र लगायत विभिन्न कारणले भौतिक निर्माण अघि बढ्न नसकेको आयोजना सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेसँगै अघि बढ्ने संकेत देखिएको छ ।

उक्त औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र इआइए प्रतिवेदनको स्वीकृतिको काम सम्पन्न भएसँगै निर्माणका लागि बाटो खुलेको छ । औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने र ३० हजारभन्दा बढीले रोजगार पाउने बताइएको छ ।

यसअघि नै जनचेतना सामुदायिक वनको दुई सय हेक्टर र बेदकोट सामुदायिक वनको ४५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोे उच्च्स्तरीय टोलीले दुई पटक अनुगमन गरी विसं २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो ।

दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो । त्यसपछि आव २०७१÷७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो ।

सो औद्योगिक क्षेत्रलाई प्रदेशकै गौरवको योजनाका रुपमा लिइएको नेकपाका केन्द्रीय सदस्य कृपाराम रानालाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । औद्योगिक क्षेत्र पुग्ने पहुँच मार्ग निर्माणका लागि बेदकोट नगरपालिकाले काम अगाडि बढाएको छ । वन मन्त्रालयबाट भोगाधिकारका लागि जग्गाको स्वीकृति पश्चात् वातावरणीय प्रभाव मूल्यांकनसँगै डिपिआर निर्माणको कार्य पूरा भएपछि आद्यौगिक क्षेत्र स्थापनाको कार्य अगाडि बढेको हो । औद्योगिक क्षेत्रको शिलान्यासपछि निर्माणले गति लिने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x