Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

बिना लाइसेन्स टुर गाइडको काम गर्ने ७ जना पर्यटक प्रहरीको नियन्त्रणमा

बिना लाइसेन्स टुर गाइडको काम गर्ने ७ जना पर्यटक प्रहरीको नियन्त्रणमा

काठमाडौं, २८ फागुन । पर्यटक प्रहरी भृकुटीमण्डपले बिना लाइसेन्स टुर गाइडको काम गर्ने सात जनालाई नियन्त्रणमा लिएको छ । टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) सँगको सहकार्यमा पर्यटक प्रहरीले हिजो काठमाडौं दरबार स्क्वायर र आज पशुपति क्षेत्रमा गरेको लाइसेन्स चेकिङका क्रममा बिना लाइसेन्स टुर गाइडिङ्ग गराइरहेका सात जनालाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरेको जानकारी गराइएको छ ।

पर्यटकीय स्थलहरुमा अवैध रुपमा गाइडिङको काम गर्ने क्रम बढेपछि पछिल्लो समय पर्यटक प्रहरी र टुर्गानले संयूक्त रुपमा लाइसेन्स चेकिङ थालेको छ । यसअघि स्वयम्भुबाट पनि बिना लाइसेन्स टुरगाइड गर्ने ६ जनालाई नियन्त्रणमा लिएको थियो ।
अवैध टुरगाइडले अन्तर्राष्ट्रिय जगतमै नेपालबारे नकारात्मक सन्देश प्रवाह हुने भन्दै टुर्गानका अध्यक्ष तामाङले आगामी दिनमा पनि यसलाई थप सशक्त बनाई पर्यटनमा हुने अवैध कार्य निरुत्साहित पार्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x