Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राजस्व संकलन लक्ष्यको ५१ प्रतिशत नजिक

राजस्व संकलन लक्ष्यको ५१ प्रतिशत नजिक

काठमाडौं, ११ फागुन । सरकारको विकास बजेट कार्यान्वयन सुस्त रहे पनि सरकारको राजस्व संकलनले भने निर्धारित लक्ष्य भेट्ने संकेत देखिएको छ । चालू आर्थिक वर्षको ७ महिनामा लक्ष्यको करिब आधा राजस्व संकलन भएकोमा सोमवारसम्ममा करिब ५१ प्रतिशत पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन १० गतेसम्ममा राजस्व लक्ष्यको ५०.८२ प्रतिशत असुली भएको छ । सो अवधिमा ५ खर्ब १४ अर्ब २१ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार सो अवधिमा कर राजस्व ४ खर्ब ७४ अर्ब ८२ करोड ७ लाख रुपैयाँ असुली भएको छ भने गैरकर राजस्व ४१ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । ठ

चालू आवमा सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । लक्ष्य अनुसार राजस्व संकलन हुन आगामी ५ महिना २० दिनमा ४९.१८ प्रतिशत अर्थात् ४ खर्ब ९७ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ असुली हुनुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x