भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं, ११ फागुन । नविल बैंक लिमिटेडले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । सोमबार दिउसो नेपाल राष्ट्र बैंकप्रादेशिककार्यलय भैरहवाकानिर्देशक सुदिप फुञयालज्य’लेफलफूलखरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गर्नुभएको हो ।
यस बजारमा जाने उपभोक्ताले खरिद गरेको तरकारी ÷फलफूलकाको भुक्तानी आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै गर्न सक्नेछन् ।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुञयाल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने नबिल बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लिला प्रसाद ओझा, नबिल बैंक लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष दिपक सहानीको उपस्थिति रहेको थियो ।