Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी बन्दै भीसीटीएस

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी बन्दै भीसीटीएस

काठमाडौं, १२ फागुन । राजस्व अनुसन्धान विभागले प्रयोग गरेको डिजिटल अनुगमन प्रणाली राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी बन्दै गएको छ । भीसीटीएस (भेहिकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिष्टम) सञ्चालनमा आएपछि आयातित मालवस्तु ढुवानीमा हुने कैफियत घटेको र यसले राजस्व संकलनमा समेत सघाउ पुगेको विभागले बताएको छ ।

मालवस्तु ढुवानीमा सूचना प्रणालीको प्रयोगले व्यवहारमै परिवर्तन देखिएको विभागका महानिर्देशक मैनाली बताएको रासमा उल्लेख छ । आर्थिक अनुशासन कायम राख्न सूचना प्रणालीलाई व्यवस्थित गर्नुको विकल्प नभएको उनको भनाइ छ । भन्सार छलेर आयात भएका मालवस्तु र अवैध कारोबारमा संलग्न व्यक्तिलाई करको दायरमा ल्याउन उक्त सूचना प्रणाली महत्वपूर्ण माध्यम बनेको उनले बताए ।

विभागले २०७६ साउनबाट राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन, स्वस्थ, व्यावसायिक प्रतिस्पर्धा कायम गरी अनौपचारिक आर्थिक कारोबारलाई औपचारिकतर्फ लैजान भेहिकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिष्टम (भीसीटीएस) प्रयोगमा ल्याएको थियो । उक्त प्रणाली लागू भएपछि व्यवसायीलाई आर्थिक अनुशासन कायम गर्न दबाब सृजना गरेको छ । यसले स्वैच्छिक कर सहभागिता बढाएको बताइएको छ ।

डिजिटल नेपाल अवधारणालाई सहयोग पु¥याउन, आर्थिक सुशासन प्रवद्र्धन गर्न, सूचना र प्रविधिको प्रयोग गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा १३ ग मा भएको व्यवस्था अनुसार व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली प्रयोग गरिएको हो ।

उक्त सूचना प्रणाली छल्न खोज्ने व्यक्ति विरुद्ध झण्डै ३० करोड बिगो कायम गरी मुद्दा चलइएको विभागले बताएको छ । अहिलेसम्म सूचना प्रणाली प्रयोग गर्ने एक लाख १२ हजार पुगिसकेका छन् । उक्त प्रणालीमार्फत ४० खर्ब ११ अर्ब बराबरको मालवस्तु सूचना प्रणालीमा प्रविष्ट गराई ओसारपसार भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x