Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

जापानमा नेपाली घिउको माग बढ्यो

जापानमा नेपाली घिउको माग बढ्यो

काठमाडौं, १२ फागुन । सरकारको स्वामित्वमा सञ्चालित हैटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घिउ जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका अनुसार गत वैशाखदेखि माघसम्ममा ५१ हजार लिटर घिउ जापान निर्यात भएको छ ।

जापानमा नेपाली घिउको माग बढ्दै गएको र एक पटकमा सात÷आठ हजार लिटर घिउ निर्यात हुने गरेको प्रमुख नरेश जोशीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । अहिलेसम्म सात पटक घिउ निर्यात भइसकेको छ । आयोजनाले दैनिक ५०० लिटर घिउ उत्पादन हुने गर्छ ।

हैटौंडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो । आयोजनाबाट दैनिक २५ हजार लिटर दुग्ध मकवानपुर, बारा, पर्सा, सर्लाही र रौतहट जिल्लामा संकलन भइरहेको छ ।

आयोजनाको ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको छ । दही तीन हजार लिटर, घिउ, मख्खन ,पनीर उत्पादन क्षमताप्रति दिन ५०० केजी , फेसमिल्क, एक हजार ५०० बोतल प्रति सिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x