प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला

काठमाडौं , ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । मंगलवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला गरेको हो ।उक्त फैसलाको आदेशमा १३ दिनभित्रै प्रतिनिधिसभाको बैठक बोलाउन समेत भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्, जसविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए ।