सुपर खुदी जलविद्युत आयोजनाको सहवित्तियकरण कर्जामा बैंक अफ काठमाण्डूको अगुवाई

काठमाडौं, ११ फागुन । बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रा.लि. बीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त दुई कम्पनीबीच सोमबार हस्ताक्षर भएको हो । २१.२१ मेगावाट क्षमता रहेको अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
सुपर खुदी जलविद्युत प्रा. लि. ले लमजुंग जिल्लाको मस्र्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइमा रहेकोे उक्त सहवित्तियकरणको सदस्य बैंकहरुमा ग्लोबल आई.एम.ई. बैंक, सिभिल बैंक, मेगा बैंक नेपाल. तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेका छन् ।
उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तियकरण कर्जा र बाँकी ३० प्रतिशत उक्त कम्पनीको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फट सेवा दिँदै आएको छ ।