Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

२१.१६ अंकले घट्यो शेयर बजार, साढे ८ अर्बभन्दा बढीको कारोबार

२१.१६ अंकले घट्यो शेयर बजार, साढे ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, ११ फागुन । शेयर बजारले मंगलवार पनि घट्दो क्रम पछ्याएको छ । अघिल्लो दिन ३२.६७ अंकले घटेको बजार यस दिन २१.१६ अंक अर्थात् ०.८१ प्रतिशतले तल झरेको छ । यससँगै शेयर बजार परिसूचक नेप्से २५८६.५१ विन्दुमा आएको छ ।
मंगलवार ठूला कम्पनीहरुको शेयर मापक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेर ४६७.९४ अंकमा सीमित भएको छ । यस दिन कारोबारमा आएको १२ समूहमध्ये व्यापार समूहबाहेक सबैको शेयरमूल्य घटेका छन् ।
मंगलवार २०५ कम्पनीको शेयर कारोबार भएको छ । ८३ हजार २१२ पटकको कारोबारबाट कुल १ करोड ७६ लाख ६५ हजार ६९८ कित्ता शेयर किनबेच भएको छ, जसबाट ८ अर्ब ५३ अर्ब ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन नेपाल फाइनान्स लिमिटेडका शेयरधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ । यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *