Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुर्खेतको तरंगामा

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुर्खेतको तरंगामा

काठमाडौं, ११ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा फागुन ७ गतेबाट १०८औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । उक्त सेवा संचालनका लागि स्थानीय व्यवसायी टेकबहादुर कठायतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०८ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x