Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरण गर्न सरोकारवालाको जोड

शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरण गर्न सरोकारवालाको जोड

काठमाडौं, १४ फागुन । सरकारले तयार पार्ने पोलिसी तथा मास्टरप्लान अनुसार शिक्षा सम्वद्ध संघसंस्थाहरु कार्यान्वयनमा जोड दिँदै अघि बढ्नु पर्ने बताइएको छ । बिहीबार निमा एकेडेमीद्वारा आयोजित डिजिटल लर्निङ डे कार्यक्रममा बोल्दै वक्ताहरुले डिजिटल शिक्षाको महत्व बढ्दै गएको बताएका हुन् । त्यस्तै उक्त कार्यक्रममा डिजिटल शिक्षाको आवश्यकता र सरकारी तवरबाट गरिएको प्रयासहरूको बारेमा छलफल गरेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री गणेश शाहले अब सरकारी र निजी क्षेत्रको सहकार्यमा डिजिटल वल्र्डको लागि तयार हुनुपर्ने बताए । कोभिड १९ को कारण सरकारले बैकल्पिक शिक्षा सिकाइ कार्यक्रम ल्याएको भए तापनि अब यसलाई शिक्षा रूपान्तरणको रूपमा नै अघि बढाउनुपर्ने उनले बताए । कार्यक्रमका विशेष अतिथि प्रा.डा. सुवर्ण शाक्यले पुर्वधारको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले ग्रामीण क्षेत्रसम्म पूर्वाधारको विकास गर्दै आवश्यक कन्टेन्टको लागि निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नु पर्ने शाक्यको भनाइ थियो ।

हरेक वर्ष फेबु्रअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी डिजिटल लर्निङ डे मनाईने गरिएको छ ।

कार्यक्रममा ‘रिइमाजेनिङ डिजिटल एजुकेशन ः पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन भएको थियो भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन भएको थियो । पहिलो प्यानल सेसनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव आदेश खड्काले सरकारले सन् २०२० देखि २०३० सम्मको रोडम्याप बनाएर शिक्षालाई रूपान्तरण गर्ने अभियानमा अघि बढिरहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x