Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

एनआईसी एशिया बैंकको कार्ड प्रयोग गरी सस्तो डिल मार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता पाउने

एनआईसी एशिया बैंकको कार्ड प्रयोग गरी सस्तो डिल मार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता पाउने

काठमाडौं, १५ फागुन । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तो डिल मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंक र सस्तो डिलको समझदारीअनुसार फाल्गुन १५ देखि प्रत्येक शनिबार यो छुट पाउने छन् । यसका लागि ग्राहकहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले प्राप्त गर्नुभएको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको जनाइएको छ ।

बैंकले हाल ३ सय ५२ शाखा कार्यालयहरू मार्फत वित्तीय सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *