Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटकको रोजाइँमा पर्दै तन्चोक होमस्टे एन्ड भ्यूटावर

पर्यटकको रोजाइँमा पर्दै तन्चोक  होमस्टे एन्ड भ्यूटावर

काठमाडौं, १९ फागुन । काभ्रेको धुलिखेल र बनेपा नगरपालिकाको सिमा क्षेत्र तन्चोकमा संचालित तन्चोक होमस्टे एन्ड भ्यूटावर पछिल्लो समय पर्यटकहरुको रोजाइँमा पर्न थालेको छ । न्यानो आतिथ्यता गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा परिकारले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो ।

काठमाडौंबाट ३० किलोमटिरको दूरिमा रहेको होमस्टेमा सवारी र पदयात्रा दुबै तरिकाबाट पुग्न सकिन्छ । धुलिखेल होराइजन चोकबाट उत्तरतर्फ ६ किलोमिटर र नगरकोटबाट धुलिखेल तर्फको हाइकिङ रुटमा ९ किलोमिटर दूरीमा रहेको छ । शान्त एवं मनोरम वातावरणमा रमाउन चाहने पर्यटकहरुलाई लागि उपयुक्त गन्तव्य भएको संचालक राम गोपाल श्रेष्ठले बताए ।

२०७४ सालबाट संचालित होमस्टे एन्ड भ्यूटावरबाट काठमाडौं उपत्यका सहित धादिङ, गोरखा, सिन्धुपाल्चोक, सोलु सहित ९ वटा जिल्ला र लाङटाङ, आमा दब्लम लगायतकाृ हिमालहरुको दृष्यावलोकन गर्न पाइन्छ । सनराइज र सनसेटको दृष्यावलोकन लागि समेत पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।

काठमाडौंबाट नजिक रहेको र यातायातको सुविधा समेत भएकाले छोटो समयमा घुमफिरमा निश्कनेहरुका लागि उपयुक्त गन्तव्य बनेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x