Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

कृषि वस्तुको वैदेशिक व्यापार : १ खर्ब ७३ अर्बको भित्रिँदा ३७ अर्बको मात्र निकासी !

कृषि वस्तुको वैदेशिक व्यापार : १ खर्ब ७३ अर्बको भित्रिँदा ३७ अर्बको मात्र निकासी !

काठमाडौं, १९ फागुन । आयातमा निर्भर नेपालको समग्र वैदेशिक व्यापारमा वर्षेनि व्यापार घाटा बढ्दै जानु नौलो कुरा रहेन । निर्यातको तुलनामा दशौं गुणा बढी आयात भएपछि व्यापार घाटा चुलिँदै गएको सरकारी तथ्यांकहरूले देखाएका छन् । तर कृषिप्रधान मुलुकमा कृषिवस्तुकै आयात डरलाग्दो परिमाणमा हुनु भने चिन्ताको विषय बनेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिना अर्थात् माघसम्ममा मुलुकमा रू. १ खर्ब ७३ अर्ब बराबरको कृषि वस्तु आयात भएको छ । तर कृषि वस्तुको निकासी भने करीब रू. ३७ अर्ब बराबरको मात्रै छ । उक्त तथ्यांकले यस्ता वस्तुको आयात निर्यातको तुलनामा ४.६८ गुणाभन्दा बढी रहेको देखाएको छ ।

विभागका अनुसार समीक्षा अवधिमा.४९ अर्बको अन्न, २२ अर्ब ४० करोडको तरकारी र १० अर्ब १५ करोड रपैयाँ बराबरको फलफूल तथा काजु÷बदाम भित्रिएको छ । सो अवधिमा आयातित अन्नमध्ये धानचामल मात्रै.३० अर्ब ७० करोड रुपैयाँ बराबरको रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको दाँजोमा ६१ प्रतिशत बढी हो । गत आवको ७ महिनामा १९ अर्ब ५ करोड रुपैयाँ बराबरको धान–चामल भित्रिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *