कुमारी बैंकले प्रयोग ग¥यो फिनाकल
काठमाडौं, २९ फागुन । कुमारी बैंकले अत्याधुनिक बैंकिङ सफ्टवेयर फिनाकल प्रयोगमा ल्याएको छ । फिनाकलको सबैभन्दा नयाँ भर्सन १०.२.१९ प्रयोगमा ल्याउने कुमारी बैंकले नै पहिलो बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए । बैंकले टी२४ ग्लोबस सफ्टवेयर प्रयोग गर्दै आएकोमा त्यसलाई प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोग गर्न लागेको हो । नयाँ सफ्टवेयर ओराकल डाटावेसमा आधारित रहेकोले नयाँ नयाँ बैकिङ प्रडक्ट जारी गर्न सजिलो हुने बताइएको छ ।
कुमारी बैंकसहित यो फिनाकल सफ्टवेयर नेपालका १२ वाणिज्य बैकले प्रयोगमा ल्याएको छ । सामान्यतया एउटा बैंकमा यो सफ्टवेयर प्रयोगमा ल्याउन १ वर्ष लाग्ने भए पनि कुमारी बैंकले ५ महिनाको छोटो अवधिमा नै प्रयोगमा ल्याएको बैंकले जानकारी गराएको छ । फिनाकल विश्वका ४५ भन्दा बढी देशका १ सय भन्दा बढी बैंकले यो सफ्टवेयर प्रयोग गरिरहेका छन् ।
कुमारी बैंकको ७४ शाखा तथा २ वटा एक्सटेन्सन काउन्टरसहित ५७ एटिएमले ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।