Shangrila

एभरेष्ट बैंकको बनेपा शाखाको औपचारिक समुद्घाटन

काठमाडौं, २८ फागुन । एभरेष्ट बैंक ललिमिटेडले आज काभ्रेको बनेपामा रहेको शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । सो शाखाको समुद्घाटन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिम्खडा, बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गरेका थिए ।

एभरेष्ट बैंकले हाल आफ्ना ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *