Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

निगमका चार पाइलटलाई उडानमा रोक

निगमका चार पाइलटलाई उडानमा रोक

काठमाडौं, २० फागुन । नेपाल वायुेवा निगमका चार पाइलटलाई उडानमा रोक लागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका अपरेशन विभाग, सेफ्टी विभाग प्रमुखसहित चारजना पाइलटलाई उडानमा रोक लगाएको हो।

हेभी ल्यान्डिङ गरे पनि जानकारी नगराएको विषयलाई लिएर प्राधिकरणले छानबिन नसकिँदासम्म उक्त उडानमा भएका दुई क्याप्टेनलाई पनि उडानमा रोक लगाउने निर्णय गरेको हो। उडान सुरक्षाजस्तो विषयमा गम्भीर लापरबाही देखिएको र सो विषयमा अहिले छानविन भइरहेकाले तत्कालका लागि उडानमा रोक लगाउने निर्णय गरिएको जानकारी दिइएको छ।

प्राधिकरणले भेषराज सुवेदीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। गत जनवरी ८ मा दोहाबाट आएको नेपाल एयरलाइन्सको आरए २४० नम्बरको उडान काठमाडौंमा हार्ड ल्यान्डिङ भएको थियो। यो कुरा एयरलाइन्सले एयरबसको सिस्टमबाट एक महिना पछिमात्र थाहा पाएको थियो।
प्राधिकरणले उडान दलमा रहेका पाइलटहरू क्याप्टेन सुनिल श्रेष्ठ र महेशमान डंगोल, सेफ्टी प्रमुख राजु रौनियार र अपरेशन विभाग प्रमुख दिपु जहार्चनलाई तत्कालका लागि उडानमा रोक लगाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x