Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

पुनर्कर्जा कार्यविधि संशोधन, अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि विशेष पुनर्कर्जा सुविधा पाउने

पुनर्कर्जा कार्यविधि संशोधन, अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि विशेष पुनर्कर्जा सुविधा पाउने

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ संशोधन गरेको छ । राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दै निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले संचालन गरेका उद्यम व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र तथा १० मेगावाट उत्पादन क्षमताभन्दा साना जलविद्युत आयोजनालाई पनि विशेष पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

उद्यमी स्वयंम सहभागि भई गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाका लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिने छ ।

यस्तै राष्ट्र बैंकले कार्यविधिको संशोधन गर्दै पुनर्कर्जा सुविधाको सीमामा पहि हेरफेर गर्न सकिने व्यवस्था गरेको छ। यसअघि इजाजतप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सिमा ५ करोड रुपैयाँ थियो भने यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुन नसक्ने व्यवस्था थियो।

बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जा प्रतिग्राहक अधिकतम २० करोड रुपैयाँसम्म हुनसक्ने व्यवस्था थियो भने यसरी प्रदान गरिने पुनर्कर्जाको सिमा २० प्रतिशत बराबर मात्रै थियो। बाँकी १० प्रतिशत पुनर्कर्जा लघुवित्त वित्तीय संस्थाहरुले पाउँदै आएका थिए। यो सबै सिमालाई राष्ट्र बैंकले पुनर्कर्जाको माग, आवश्यकता र औचित्यका आधारमा हेरफेर गर्न सकिने व्यवस्था राखेका छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x