नेपाल हाइड्रो डेभलपरको सीइओमा शेषकुमार ढुंगाना नियुक्त

काठमाडौं, २३ फागुन । नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा शेषकुमार ढुंगाना नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको सञ्‍चालक समितिले ढुंगानालाई सीइओमा नियुक्त गरेको हो ।

कम्पनीको चुक्तापूँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को आसोज अन्तिमसम्ममा सहायक कम्पनीमा ७० करोड रुपैयाँ लगानी गरेको छ । मुद्दति निक्षेपमा १२ अर्ब ६१ करोड रुपैयाँ रहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

यो कम्पनीले सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर बाँड्ने समेत निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *