तरलता संकुचन हुन थालेपछि आज राष्ट्र बैंकले २० अर्ब रुपैँया बजारमा पठाउँदै

काठमाडौं, ३० फागुन । बैंकहरुमा तरलता संकुचनका कारण अन्तर बैंक कारोबारको ब्याजदर उच्च हुन थालेपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैँयाको रिपो बोलकबोलबाट बैंकहरुमा पठाउन लागेको छ । बैंकहरुसँग अन्तरबैंक कारोबारका लागि रकम नभएको र कारोबार हुँदा पनि ब्याजदर सोमबार र मंगलबार लगातार ५ प्रतिशतभन्दा माथि गएकाले राष्ट्र बैंकले २० अर्ब रुपैँया बजारमा पठाउन लागेको हो । उक्त रिपोको ब्याजदर ५ प्रतिशत तय गरिएको छ र बैंकहरुलाई भिन्न ब्याजदरहरु प्रस्ताव नगर्न भनिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिबाट अन्तरबैंक कारोबार, ट्रेजरी बिल्स लगायत अल्पकालीन प्रकृतिका वित्तिय औजारहरुमा ब्याजदर करिडोर लागू गरेको छ । उक्त करिडोर अनुसार, ब्याजदर ३ प्रतिशतको तल्लो सीमादेखि ७ प्रतिशतको उच्च सीमाभित्र राख्ने केन्द्रीय बैंकको नीति छ । अन्तरबैंक कारोबारको ब्याजदर ३ प्रतिशतभन्दा तल जाँदा केन्द्रीय बैंकले तरलता प्रशोचन गर्छ भने पाँच प्रतिशत माथि जान थालेपछि बजारमा तरलता प्रवाह गरि ब्याजदरमा हस्तक्षेप गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *